
काठमाण्डौ, ८ असार– काठमाण्डौबाट भारतको गुजरातका लागि छुटेको यात्रुबाहक बस धादिङको गल्छीमा दुर्घटना भएको छ ।
घटनास्थलमा खटिएका सुरक्षा अधिकारीहरूले भने अनुसार दुर्घटनामा परेर एक जना बालकको मृत्यु भएको छ ।
बस नम्बर एआर–०६ इ ७०३१ पल्टिँदा १२ जना घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरिरहेको छ ।
