काठमाण्डौ, ७ असार– आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिजको तेस्रो विकेट लिएको छ ।
नेपाली स्पिनर सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन । जिम्बाबेको हरारे स्पोर्ट क्लबमा जारी खेलमा सन्दीपले वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान ब्रान्डन किंगको विकेट लिएका थिए ।
उनले किंगलाई ३२ रनमा बोल्ड गरेका छन । त्यसअघि गुल्सन झाले वेस्ट इन्डिजको दोस्रो विकेट लिएका थिए । उनले जोन्सन चाल्र्सलाई आउट गराएका थिए ।
गुल्सनले चाल्र्सलाई शून्य रनमै आसिफ शेखमार्फत क्याच गराएका थिए । त्यतिबेला वेस्ट इन्डिज नौ रन बनाएका थियो । त्यसअघि नेपालका अर्का बलर करण केसीले वेस्ट इन्डिजका ओपनर काइले मायर्सको विकेट लिएका थिए ।
आफ्नो पहिलो ओभरको तेस्रो बलमै करणले मायर्सलाई एक रनमा कुशल भुर्तेलमार्फत क्याच गराएका थिए । वेस्ट इन्डिजले दुई रनकै कूल स्कोरमा आफ्नो पहिलो विकेट गुमाएको थियो । करण विश्वकप विजेता रहिसकेको राष्ट्रविरुद्ध विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन् ।
