काठमाण्डौ, ७ असार– आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेष्ट इण्डिजविरुद्ध नेपालले पहिलो सफलता हासील गरेको छ ।
जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा जारी खेलमा नेपालका करण केसीले वेष्ट इण्डिजको पहिलो विकेट लिएका हुन । उनले केल मयर्सलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका छन ।
नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इण्डिजले ब्याटिङ गरेको हो ।
