काठमाण्डौ, ७ असार– नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार वेस्ट इन्डिजको दोस्रो विकेट लिएको छ । गुल्सन झाले वेस्ट इन्डिजका जोन्सन चार्लेसलाई आउट गराएका हुन ।
गल्सनले चार्लेसलाई शून्य रनमै आसिफ शेखमार्फत क्याच गराएका छन । वेस्ट इन्डिज नौ रन बनाएर खेल्दैछ । त्यसअघि नेपालका बलर करण केसीले वेस्ट इन्डिजका ओपनर काइले मायर्सको विकेट लिए ।
आफ्नो पहिलो ओभरको तेस्रो बलमै करणले मायर्सलाई एक रनमा कुशल भुर्तेलमार्फत क्याच गराएका छन ।
