काठमाण्डौ, ७ असार– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने तयारी गरेको बताएका छन । पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा उनले एक वर्षभित्र महाधिवेशन गर्ने कुरामा अडिग रहेको बताएका छन ।
उनले भने, ‘कुनै अप्ठ्यारो परिस्थिति सिर्जना नभए एक वर्षभित्र महाधिवेशन गर्छौँ । संगठन विस्तारका धेरै कामहरु छन् । समय बाँकी छैन ।
प्राथमिकताका कुरालाई क्रमशः क्रम संख्यामा राखेर अगाडि बढ्छौं ।’ उनले विधि र विधान भन्दा बाहिर नगएर सम्पूर्ण कार्य गर्ने बताएका छन ।
