काठमाण्डौ, ७ असार– आज (बिहिबार) नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे बस्ने एकीकृत समाजवादीका पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।
बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र८१ को बजेट लगायतका विषयमाथि छलफल हुने उनले बताएका छन । चालु बर्ष ०८०–०८१ को बजेट असन्तुलित भएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुको गृहजिल्लामा मात्र बजेट विकास बजेट केन्द्रित गरेर अन्यत्र उपेक्षा गरिएको एकीकृत समाजवादीका नेताहरुले आरोप लगाउदै आएका छन । उनीहरुले यथास्थितिमा बजेट पास गर्न नदिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।
