काठमाडौं, ७ असार – नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको मुद्दाको पेसी आज पहिलो नम्बरमै परेको छ ।
उक्त मुद्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासको पहिलो नम्बरमा नै मुद्दाको पेसी परेको हो । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले जेष्ठ १९ गते दायर गरेको रिटमा यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते अघिल्लो संघीय संसद्बाट पारित भएर शीतलनिवासमा थन्किएको नागरिकता विधेयक, २०६३ लाई संशोधन गर्न बनेको नागरिकतासम्बन्धी विधेयक, २०७९ प्रमाणीकरण गरेको थिए ।
