धनुषा, ७ असार- धनुषाको ढल्केबरमा एक पुरुषको शव इनारभित्र फेला परेको छ ।
आज (बिहीबार) बिहान ढल्केबरस्थित दक्षिण चोकमा रहेको इनारभित्र एक पुरुषको शव फेला परेको हो ।
स्थानीयवासीले इनारभित्र शव देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
अहिले प्रहरी टोली शव निकाल्ने प्रयासमा जुटेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक कबिन राईले जानकारी दिए ।
इनार गहिरो भएकाले निकाल्ने प्रयास भइरहेको उनले बताए । उनका अनुसार शवको पहिचान तत्काल खुल्न सकेको छैन ।
