भारतको जम्मुमा बस दुर्घटना

१६ जेष्ठ २०८०, मंगलवार ११:१०

भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

अमृत सहरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको समाचार एजेन्सी एनएनआईले बताएको छ । सो बसमा बिहारका बासिन्दा चढेका थिए ।

घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको उपचार सरकारी अस्पतालहरुमा भइरहेको छ ।