राजनीतिक दलहरूबाटै गणतन्त्र खतरा रहेको नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताएका छन्।
उनले पहिले राजा रहेकाको गतिविधि बढ्ने बित्तिकै गणतन्त्र खतरामा नपर्ने बताए। नेता कोइरालाले कांग्रेस ललितपुर १ को पहिलो सम्मेलनमा आज बोल्दै उनले भने “राजनीतिक दलका शैली र क्रियाकलाप ठिक नभएकोले गणतन्त्रप्रति जनताको वितृष्णा पैदा भएको छ।”
उनले दलहरूबाटै गणतन्त्र खतरामा रहेको बताए। ‘राजाका गतिविधि हुनेबित्तिकै गणतन्त्र खतरामा पर्ने भयो भनेर भन्छौं तर उनीबाट होइन, यदि गणतन्त्र खतरामा कसैबाट छ भने राजनीतिक दलहरुबाटै छ,’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन दिन, विधिको शासनमा देशलाई हिँडाउन, महँगी नियन्त्रण गर्न नसकेकै कारण जुन व्यवस्था आए पनि उस्तै रहेछ भन्ने छाप जनतामा परेको छ।’
