रेशम चौधरी जेलमुक्त हुँदा रमेश खरेल आक्रोश

१५ जेष्ठ २०८०, सोमबार ११:३२

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल आक्रोश भएका छन् ।

आज गणातन्त्र दिवसको अवसरमा टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा ‘थारु नेता’ रेशम चौधरीले राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर जेलमुक्त भएपछि नेता खरेल आक्रोश भएका हुन् ।

तीन तहको अदालतबाट जन्मकैद पाएको व्यक्तिलाई आफ्नो स्वार्थपूर्तिका लागि रिहा गरिएको भन्दै नेता खरेल आक्रोश भएका हुन्। ‘गणतन्त्र स्थापना भएको १५ बर्ष पुगेछ। शुभकामना शुभकामना शुभकामना। अपराधी, भ्रष्टाचारी, अपहरणकारी, लुटेराहरुलाई कानुनी राज्यको धज्जी उडाइ कानुन बमोजिम कारबाही नहुने र अदालतबाट सजाय पाएकालाई समेत गणतन्त्र दिवसको नाममा आफ्नो स्वार्थको लागि रिहा गरिने र अन्धभक्तहरु १०० किलोको फूलमाला र पार्टीको झण्डासहित स्वागत गर्न ओहिरिने,’ खरेलले भने, ‘अति भयो आदरणीय दाजुभाइ, दिदीबहिनीहरु। अब हुने निर्वाचनमा चनाखो र विवेकी भइ गणतन्त्रका कुपात्रहरुलाई विस्थापित गरौं।’