प्रधानमन्त्रीद्धारा नीति तथा कार्यक्रम राष्ट्रपतिलाई हस्तान्तरण

५ जेष्ठ २०८०, शुक्रबार १६:३८

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबारको संसद बैठकमा राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रम पुस्तिका हस्तान्तरण गरेका हुन् ।

अहिले राष्ट्रपति पौडेलले संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका छन् ।