दार्चुलाको व्यास गाउँपालिका–१ कुन्तिमा ढुङ्गाले लागेर यार्सागुम्बा सङ्कलन गर्ने क्रममा एकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
यार्सागुम्बा टिप्ने क्रममा बिहीबार ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिंह ऐतवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।
यार्सागुम्बा सङ्कलन गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले उनको टाउकोमा चोट लागेको थियो। ऐतवालको घटनास्थलमै मृत्यु भएको उनले बताए।
सीतापुल प्रहरीचौकीबाट खटिएका प्रहरी टोलीले घाइते पुष्कर ऐतवालकालाई उद्धार गरेको छ। सामान्य चोट लागेका उनको घरमै प्राथमिक उपचार भइरहेको बताइएको छ।
