२० सांसदले संसदमा प्रधानमन्त्रीलाई सोधे प्रश्न, कसको प्रश्न के ?

४ जेष्ठ २०८०, बिहीबार १५:२५

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २० सांसदले प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा तय गरिएको ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा सांसदहरुले प्रधानमन्त्रीसँगको समसामयिक विषयमा प्रश्नोत्तर गरेका हुन् ।

कांग्रेसका ईश्वरीदेवी न्यौपाने, दीपक गिरी र दिलेन्द्र प्रसाद बडू र रामहरि खतिवडाले प्रधानमन्त्रीलाई प्रश्न राखे । यस्तै एमालेबाट विद्या भट्टराई, रघुजी पन्त र पदम गिरीले प्रधानमन्त्रीलाई प्रश्न गरे ।