धनचौर स्वास्थ्य चौकीको एम्बुलेन्स जिर्ण अवस्थामा

१ जेष्ठ २०८०, सोमबार १३:५८

भुमिकास्थान नगरपालिका अन्र्र्तगत प्रर्ने धनचौर स्वास्थ्य चौकीको एम्बुलेन्स महिनै देखी सन्चालन नहुदा जिर्ण अवस्थामा पुगेको छ ।

धनचौर स्वास्थ्य चौकीमा प्रत्यक्ष रुपमा सेवा दिँदै आइरहेको एम्बुलेन्स पछिल्लो अबस्थामा विग्रिएर विजोग स्थीतिमा पुगेकोछ ।
बिरामी बोकेर सेवामा समर्पित भएर लाग्नु पर्ने एम्बुलेन्स आफै बिरामी परेर महिनौं दिन सम्म यसरी थन्किएर बसेको छ । स्थानिय जनताले पटक पटक जनप्रतिनिधिहरुलाइ आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै स्थानिय आक्रोसित भएका छन् । नगपालिमा ब्यापक भस्टाचार भएको स्थानियको आरोप छ ।
एम्बुलेन्स सन्चालनमा नगरपालिकाले अग्रसरता नदेखाएको खन्डमा स्थानिय वासिहरु आफै सन्चालन गर्ने बताएका छन् ।