राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ठूला भ्रष्टाचार काण्ड छानबिन गर्न आग्रह गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाको टोलीले शुक्रबार प्रधानमन्त्री दाहाललाई भेटेर ज्ञापन पत्र बुझाउँदै ठूला भ्रष्टाचारका फाइल खोलिनुपर्ने माग गरेका हुन् ।
‘कुनै भ्रष्टचारीले उन्मुक्ति पाउनु हुन्न,’ लिङ्देनले भने, ‘सबै ठूलाठूला भ्रष्टाचार काण्डका फाइलहरू पनि खोलिनुपर्यो ।’
उनले २०४६ साल पछिका नेता तथा कर्मचारीका सम्पत्ति छानबिन गर्नसमेत माग गरेका छन् ।
‘०४६ पछिका सबै उच्च पदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरेर अवैध सम्पत्ति जफत गरियोस्,’ उनले भने ।
