नक्कली शरणार्थी प्रकरणमा आक्रामक नहुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दबाब दिएका छन् ।
पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँड नेपालीलाई नक्कली शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेपछि देउवा र ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर दबाब दिएका हुन् ।
खाँड पक्राउ परेपछि देउवा र ओली प्रधानमन्त्रीसँग छलफल गर्न सिंहदरबार पुगेका थिए । तीन शीर्ष नेताबिचको छलफलमा देउवा र ओलीले राजनीतिक प्रतिशोधका आधारमा सरकारले कदम चाल्न नहुने समेत चेतावनी दिएका छन् ।
