प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले नराम्रो काम नगर्ने बताएका छन् ।
वामपन्थी नेता निर्मल लामाको २३औँं स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले राम्रो काम मात्रै गर्ने र नराम्रो कामा गर्दै नगर्ने बताए ।
उनले भने, ‘सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने अठोटका साथ अगाडि बढेका छौँ ।’ सो अवसरमा उनले निर्मल लामासँगका आफ्ना विगतका स्मरणबारे चर्चा गरेका थिए । उनले भने, ‘उहाँहरुलाई नै हेरेर हामी आन्दोलनमा लागेको हो । लामाजीसँगका थुप्रै प्रसंग बाँकी छन् ।’
उनले अहिले नयाँ परिस्थिति बनेको बताउँदै सामाजिक रूपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने अठोटका साथ अगाडि बढेको स्पष्ट गरे ।
