बालकृष्ण पक्राउपछि सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच वार्ता

२७ बैशाख २०८०, बुधबार १५:०९

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

आज दिउँसो उनीहरूबीच छलफल भएको हो। ‘उहाँहरूबीच छलफल जारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालय जनाएको छ ।

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत पक्राउ परेका बेला नेताहरूबीच भेटवार्ता भएको हो।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डसँग देउवा र ओलीले भेटवार्तालाई तीव्रता दिएका छन्।