परराष्ट्र मन्त्री र नर्वेका मन्त्री सँगै दोहा हुँदै काठमाडौँ

२७ बैशाख २०८०, बुधबार १२:०४

बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सामेल भएर परराष्ट्र मन्त्री एनपी साउद स्वदेश फर्किनुभएको छ ।

आज बिहान कतार एयरको जहाजबाट उहाँ दोहा हुँदै काठमाडौँ आइपुग्नुभएको हो । मन्त्री साउद कतार एयरको उडान नम्बर क्युआर ६५२ मा बिहान पौने १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिनुभएको बताइएको छ ।

सोही जहाजमा नर्वेका अन्तराष्ट्रिय विकास मन्त्री आन बेथ टिभ्नेरिमसहित ५ जनाको टोली काठमाडौँ आइपुगेका छन् ।

परराष्ट्र मन्त्री साउद बैशाख २१ गते बेलायत जानुभएको थियो ।