बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
सोमबार बिहान तीन नेताबीच झन्डै डेढ घन्टा बालुवाटारमा छलफल भएको हो । छलफलमा के–के विषयमा कुराकानी भयो भन्नेबारे तीन जना नेताहरूले कुनै प्रतिक्रिया दिएनन् ।
प्रधानमन्त्री प्रचण्डको सचिवालय भने सदनमा विचाराधीन विधेयकबारे तीन नेताबीच छलफल भएको जनाएको छ ।
यस्तै बैठकमा प्रधानमन्त्रीले नीति तथा, बजेटमा सुझाव मागेको पनि सचिवालयले बताएको छ ।
‘संसदमा विचाराधीन संवैधानिक परिषद्, संक्रमणकालीन न्याय, सम्पति शुद्धीकरण आदि विधेयकबारे छलफल गर्न नै प्रधानमन्त्रीले बैठक राख्नुभएको हो, त्यस्तै प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेटमा सुझाव माग्नुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो ।
