बालुवाटारमा तीन दलका प्रमुख नेताहरुवीचको बैठक जारी

२६ बैशाख २०८०, मंगलवार ११:२५

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक जारी छ ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

बैठकमा समसामयिक राजनीतिबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाए छ ।