काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमान काठमाडौंमै फर्किएको छ ।
विमानस्थलको रनवेमा श्री एयरलाइन्सको जहाज रोकिएपछि यतीको जहाज भैरहवा ल्याण्ड गर्न नसकेर काठमाडौंमै फर्किएको हो ।
आज बिहान श्री एयरलाइन्सको उडान नम्बर एसएचए ८२२ नम्बरको जहाज काठमाडौं आउँदाआउँदै बीचबाटै भैरहवा नै फर्किएको थियो । जहाज रनवेमै रहेकाले उडान अवतरण हुन सकेन् । ।
आजै बिहान साढे ९ बजे एनवाईटी ८९१ कल साइनको यतीको जहाज काठमाडौंबाट भैरहवा प्रस्थान गरेको थियो ।
पश्चिम नवलपरासी पुगेर आकाशमा फन्को लगाएको सो जहाज भैरहवा ल्याण्ड गर्न नसकेर काठमाडौं आएको विमानस्थल कार्यालय स्रोतले बतायो ।
