निजी क्षेत्र हतोत्साहित भएको छ : विनोद चौधरी

२४ बैशाख २०८०, आईतवार ११:३९

व्यवसायी तथा सांसद विनोद चौधरीले निजी क्षेत्र हतोत्साहित भएको टिप्पणी गरेमा छन् ।

लगातार तीन त्रैमासिक आर्थिक वृद्धिदर ऋणात्मक भएको भन्दै चौधरीले आर्थिक मन्दी हुने बताए ।

यसअघि आर्थिक वृद्धिदर ऋणात्मक हुँदा पनि तुलनात्मकरुपमा राजस्व नघटेको भन्दै उनले चालु आर्थिक वर्षको १० महिना २० दिनमा लक्ष्यको ५१ प्रतिशत मात्रै राजस्व उठेको बताए ।

नेपाल बिजनेस समिटमा आफ्नो भनाइ राख्दै सांसद चौधरीले बैंकहरूको खराब कर्जा दोब्बर बढेको स्मरण गराए ।

‘ऋण तिर्न नसक्नेको संख्या बढ्दै गएको छ, ‘ उनले भने थप, ‘ अहिले निजी क्षेत्र निराशामा रहेको छ । ‘

आर्थिक रूपान्तरण जरूरी भएको उनको भनाइ छ ।