नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री नियुक्त गरेका छन् । मन्त्री आचार्यको शपथ ग्रहण गर्ने कार्यक्रम आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको छ ।
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसको सिफारिसमा आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लगाएका हुन् । हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवलाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइने भएएको छ । यस भन्दा पहिले भने वन मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हाल्दै आएका थिए ।
नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । राष्ट्रपति रामचन्द्र पौडल निकट मानिने आचार्य यसअघि सिंचाइ राज्यमन्त्रीसमेत बनेका थिए ।
