जसपाले विवरण सहित जनप्रतिनिधिको पुस्तिका प्रकाशन गर्ने निर्णय

२२ बैशाख २०८०, शुक्रबार १७:४२

जनता समाजवादी पार्टी (जसपा)ले जनप्रतिनिधिहरूको विवरण समावेश गरी पुस्तिका प्रकाशन गर्ने भएको छ । पार्टीको केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागको गत आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

स्थानीय तहदेखि संघीय सांसदसम्मको विवरण पुस्तकमा समावेश गरिने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । पार्टीको संयन्त्र र निर्वाचन आयोगसँग पुस्तक प्रकाशनका लागि आवश्यक समन्वय गरिने बस्नेतले बताए ।