
नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनल बर्षाको कारण रोकिएको खेल आज हुँदैछ । सोमबार कीर्तिपुरस्थित टीयू मैदानमा वर्षाका कारण फाइनल खेल स्तगीत भएको खेल आज पुनः ९ बजेदेखी सुरु हुंदैछ ।
दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो ।
आज त्यहीबाट खेल पुनः संचालन हुंदैछ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको यूएई नेपाली बलरको उत्कृष्ट बलिङसहित लगातार विकेट गुमाएको थियो ।
यूएईले खेल रोकिनुअघि २७.३ ओभर खेल्दै ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । २८औं ओभरमा नेपालका ललित राजवंशीले लगातार दुई विकेट लिँदा यूएईका खेलाडी अलआउट नजिक पुगेका थिए । ललितले उक्त ओभरको दोस्रो बलमा आसिफ खान र तेस्रो बलमा जहुर खानलाई लगातार आउट गरेका थिए । ललित पनि ह्याट्रिक विकेट नजिक छन् । यदि उनले मंगलबार पहिलो बलमै विकेट लिए भने ओडीआईमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली बलर बन्नेछ ।
मंगलबार पनि वर्षाको सम्भावना रहेकोले यदि नियमित खेलमा नतिजा नआएमा सुपर ओभर विकल्पमा रहनेछ । पहिलो सुपर ओभर बराबरी भए दोस्रो सुपर ओभर पनि खेलाइनेछ । यदि सुपर ओभर पनि सम्भव नभएमा आईसीसीको वरीतयाका आधारमा अगाडि रहेकोले नेपाल च्याम्पियन बन्नेछ ।
