सकम्बरीले पायो १८ दिनमै २ करोड भन्दा बढी भ्यूज गायक लेख्छन् यस्तो

१८ बैशाख २०८०, सोमबार १५:२५

चर्चित गायक तथा सर्जक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले २ करोड भन्दा बढी ‘भ्यूज’ पाउन सफल भएको छ ।

गायक सपुतको पछिल्लो सिर्जना ‘सकम्बरी’ २०८० बैशाख १ गते आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । गीत सार्वजनिक भएको दिन देखिनै युट्युवको ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ । गीत सार्वजनिक भएको १८ दिनमा २ करोड भन्दा बढी भ्युज पाउन सफल भएको छ ।

उक्त गीतमा कलाकार बन्ने सपना बोकेर सहर छिरेकी ग्रामीण युवतीको कथा गीतमा छ । गीतको म्युजिक भिडियोमा महिला पात्रको चरित्रलाई लिएर गरिएको प्रस्तुतिलाई कतिपयले आलोचना पनि गरेका छन् ।

गीतको सिर्जना र कला पक्षमाथि तर्क प्रतितर्क भइरहेको छ । गीतको बचाउ र विरोध जारी छ । विवाद र चर्चाबीच युट्युबमा भने गीतले आक्रामक भ्यूज बटुलिरहेको छ । युट्युबमा छिटो २ करोड भ्यूज पाउनेमध्येमा सकम्बरी परेको छ ।

गीतको रचना र सङ्गीत पनि गायक सपुत आफैँले गरेका हुन् । सपुतलाई गायिका व्रता गन्धर्वले स्वरमा साथ दिएकी छन् । गीतको म्युजिक भिडियोमा कलाकार सुनिल थापा, कुशुम शर्मालगायतले अभिनय गरेका छन् ।

यस्तै गायक सपूतले आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन्,“हाम्रो देशले नै अझै राम्रो लय समाएको छैन । हामी यहि देशभित्रको समाजमा बाचेका छौ । त्यसैले म नै सहि हो भन्ने पनि छैन । तपाई मात्रै सहि हो भन्ने पनि छैन । हामी सबैको विचार र चेतना माथी प्रश्न गरौ । समिक्षा गरौ र एउटा लय समातौ । कमजोरीहरुलाई सुझाब दिएर सच्चाउने तर्फ सोचौ तर निरुत्साहित गर्दै सक्काउने तर्फ सोच्ने हो भने समाज फेरी जहाको त्यहि रहनेछ । एउटा सर्जकलाई निरुत्साहित गरेर जति धेरै पछाडि अध्यारो तर्फ धकेल्नु हुन्छ उति धेरै अध्यारा कथाहरु लेखिनेछन । निरासाजनक सिर्जनाहरु बन्नेछ..