एसिया कप खेल्ने अवसर कस्को ?

१८ बैशाख २०८०, सोमबार ०८:२९

एसीसी प्रिमियर कपको फाइनल खेलमा आज (सोमबार) नेपाल र यूएई खेल्दै छन् । कीर्तिपुरस्थित खेल मैदानमा बिहान ९ बजे देखी खेल सुरु हुनेछ ।

आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलो पटक सो प्रतियोगिता खेल्न चाहन्छ । उपाधि जित्ने टोलीले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्ने अवसर पाउने छ । नेपालले उपाधि जित्न सके एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ ।