हेटौँडामा एकजनाको मृत्यु

१७ बैशाख २०८०, आईतवार १९:४९

सर्पले टोकेर हेटौँडामा आइतबार एकजनाको मृत्यु भएको छ। सर्पको टोकाइबाट हेटौँडा– १९ बस्तीपुरका ३५ वर्षीय सोनु कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार बिहान घर नजिकैको जंगलबाट ल्याएको सर्पलाई खेलाउने क्रममा उनलाई सर्पले टोकेको थियो।

सर्पको टोकाइबाट गम्भीर घाइते भएपछि परिवारका सदस्यले उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याएका थिए।