महावीरको आन्दोलनलाई रवि पछि राजेन्द्र लिङ्देनले पनि गरे समर्थन

१७ बैशाख २०८०, आईतवार १३:४८

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा भइरहेको आन्दोलनलाई राप्रपाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले समर्थन गरेका छन् ।

उनी आज प्रदर्शनस्थल माइतीघर मण्डला पुगेर उनको धर्नामा सहभागी भएका हुन् । शनिबार रास्वपाका सभापति एवम् उपसभापनि डोल प्रसाद अर्याल लगाएतका नेताहरु पुनको नेतृत्वमा भइरहेको आन्दोलनलाइ समर्थन गरेका थिए ।

गत शुक्रवारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रेका पुनले विकास बजेटको १ प्रतिशत रकम आविष्कारको लागि छुट्टाउनुपर्ने माग अघि सारेका छन् ।