राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ।
नेपाली राजदूतावासका अनुसार नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएको छ।
राष्ट्रपति पौडेलको भोलि (आइतबार) सम्मा डिस्चार्ज हुनसक्ने सम्भावना रहेको राजदूतावासका अनुसार चिकित्सकहरूले बताएका छन्।
राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रपतिज्यूको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरुले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने संभावना रहेको बताएका छन्।’
