उपनिर्वाचनको परिणामले मुख्य दललाई चुनौती दियोः माधव नेपाल

१५ बैशाख २०८०, शुक्रबार ११:५९

धनुषाको जनकपुरधाममा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले उपनिर्वाचनको परिणामले मुख्य राजनीतिक दलहरूलाई आफूमा भएको कमजोरी सच्याएर अघि बढ्न सचेत गराए। उनको भनाइ अनुसार अब पनि नसच्चिए आगामी दिन झन् असहज हुने छ।

अहिले जनताले पारदर्शिता, सुशासन, सहज सेवा चाहे पनि वडादेखि केन्द्रसम्मका पदाधिकारीमाथि साधनस्रोतको दुरुपयोग गरेको आरोप लाग्ने गरेको अध्यक्ष नेपालले स्मरण गराए। उनले भने‚ “साधनस्रोतको चरम दुरुपयोग गरेको प्रश्न उठेको छ। यसलाई नियन्त्रण गर्न सकिए जनताको विश्वास जित्न सकिन्छ।”

अध्यक्ष नेपालले नेपाली राजनीतिमा गुन्डातन्त्र हावी भएकाले मुख्य राजनीतिक दलहरूले आत्मसमीक्षा गर्न आवश्यक रहेको बताए। यस्तै, उनले अब ७० वर्ष कटिसकेका नेताहरूलाई सन्न्यास लिन सुझाव दिए।