श्रीमतीको हत्या गरेर भागेका १८ वर्षपछि पक्राउ परे गोपाल

१५ बैशाख २०८०, शुक्रबार ११:४२

श्रीमतीको हत्यापछि फरार भएका आरोपीलाई केन्द्रीय अनुसन्धान ब्युरोले १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–स्थित बुद्धनगर घर भएका खुमे दर्जी उर्फ गोपाल हुन् ।

उनलाई काठमाडौंबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दियो । २०६१ मंसिरमा दर्जीले चिर्पट प्रहार गरेर ४० बर्सिया राधिका दर्जीको हत्या गरेका थिए । मादक पदार्थ सेवन गरेको विषयमा विवाद हुँदा हत्या भएको प्रहरीको अनुसन्धानबाट बताईएको छ ।

हत्यापछि भारतमा गएका खुमे त्यहाँ ३० वर्ष बसेका थिए । त्यसपछि काठमाडौंमा आएर जमुना दर्जीसँग चौथो विवाह गरेको बसेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रहरीका अनुसार, काठमाडौंको क्षेत्रपाटीमा बस्ने खुमे दर्जीले आफ्नो वास्तविक परिचय लुकाएर दीपक रानाको नामले चिनिएका थिए । उनलाई थप अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय बुटवलमा पठाइएको छ ।