कांग्रेस नेता चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दै

१४ बैशाख २०८०, बिहीबार १५:०१

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन्।

बिहीबार ८ दलका ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष चौधरीले मुख्यमन्त्रीमा दाबी गर्दै निवेदन पेस गरेका हुन्।
कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३/३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १/१ जनासहित ५३ जनाको उनलाई समर्थन छ। माओवादीका ११ मध्ये १ जना तुलाराम घर्ती सभामुख छन्।

चौधरी दाङ ३ ‘क’ बाट निर्वाचित सांसद हुन् । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ मत आवश्यक पर्छ। यसअघि एमाले नेता लीला गिरीको सरकार गत सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि ढलेको थियो।