बालाजुको एक पेट्रोल पम्प काठमाडौं महानगरपालिकाले सिल गरेको छ । बिहिबार बालाजुमा रहेको कोतः धुकु पेट्रोल पम्प महानगरको नगर प्रहरीले सिल गरेको हो ।
मापदण्डविपरित घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेको भन्दै महानगरले पेट्रोल पम्प सिल गरेको महानगरका प्रहरी प्रमुख राजु पाण्डेका बताएका छन् ।
