दर्शन सलाम गीतले पायो २ करोड भ्युज

१४ बैशाख २०८०, बिहीबार १२:३४

‘छक्कापञ्जा ४’को गीत ‘दर्शन सलाम’ ले २ करोड भ्युज पाएको छ । उक्त गीत दुई महिना अगाडि गत वर्षको फागुन १९ गते बाट सार्वजनिक भएको थियो ।

गीतमा कलाकार दीपकराज गिरीलाई गाउँले नेताको भूमिकामा देखाइएको छ । दीपकको अलवा दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकारको पनि नृत्य छ । गीतमा दीपक र दीपा र स्वस्तिमा र राज जोडीको रूपमा गीतमा देखिएका छन् ।

यस्तै उक्त गीतमा राजेन्द्र थापाले शब्द लेखेका छन् भने डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर रहेको छ । चर्चित संगीतकार दीपक शर्माले सङ्गीत गरेका छन् । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

हेमराज बिसीको निर्देशन रहेको फिल्मले १६ वटाहलमा ५१ औं दिन मनाउन सफल भएको छ ।