एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन्।
कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतारबीच र मुलपानी मैदानमा हङकङ र कुबेतबीचमा प्रतिस्पर्धा हुने भएको छ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुने भएको छ।
यसअघिको खेल पानी परेका कारण रद्द भएपछि नेपालले साउदी अरबसँग अङ्क बाँड्दै सेमिफाइनल प्रवेश गरेको थियो ।
