काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनका विमासका लागि आफुले असाधारण योगदान गर्दा पवि जनता असन्तुष्ट रहेको गुनासो गरेका छन् । उनले हालै भएको चितवान -२ को उपनिर्वाचनमा रास्वपाका रवि लामिछानेले जितेपछि उनले यस्तो प्रतिक्रिया दिएका हन् ।
आज कान्तिपुर मिडिया गु्रपले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय विकासले मात्र पनि नागरिक सन्तुष्टि नभएको स्थिति महसुस भएको टिप्पणी गरेका छन् । उनले हामी सबैले आत्मासमिक्षा गर्नु पर्ने जरुरी रहेको पनि बताएका छन् ।
उनले थपे,‘कहिलेकाहीँ मलाई के महसुस हुन्छ भने विकास गरेपछि जनता सन्तुष्ट हुन्छन् भन्ने मात्र पनि रैनछ । गएको ५ वर्षमा चितवनको जनप्रतिनिधिका रूपमा मैले चितवनमा सिंगै र भरतपुर महानगरपालिकामा विकासको जुन स्तर भएको छ जुन अभूतपूर्व र असाधारण छ । तर विकासले मात्र जनतालाई सन्तुष्ट गर्न सक्दो रहेनछ । कहाँनेर के मिसिङ छ हामी सबैले आत्मसमीक्षा गर्नु जरुरी छ ।’ उनले कतै नेपाल अन्तर्राष्ट्रिय शक्ति सन्तु्लनको शिकार त हुने होईन रु भन्ने प्रश्न गरे ।
