
सिन्धुलीसिन्धुलीमा पौराग्लाडिंगको पहिलो पटक सफल परीक्षण गरिएको छ । कमलामाई नगरपालिका–४ च्याउकोट डाँडाँबाट कमलामाई नगरपालिका ६ लोकतान्त्रिक चौरमा पौराग्लाडिंगको सफल परीक्षण सहित अवतरण गरिएको छ ।
प्रयास होटल प्रा.लि. कमलामाई नगरपालिका ६ रातमाटाले सिन्धुलीमा पहिलो पटक पौराग्लाडिंग ब्यवसाय सुरु गर्नको लागि शफल परीक्षण गरिएको हो । नेत्रजंग थापाका अनुसार परीक्षणको लागि सोमबार एकल उडान सफल भएपछि पुन आज यात्रु सहितको उडान गरीएको थियो । त्यसपछी सिन्धुलीको आकाश पौराग्लाडिंगको लागि सुरक्षित रहेको बताउनु भयो ।
यात्रु दिया थापा सहित पाइलट दिल कुमार सुनवारले आज दिउँसो ९ सय ७० मिटरको हाइटबाट १२ः३० बाट उडान सुरु गरिएकोमा १२ः४८ सम्म सफल अवतरण गरिएको निर्देशक थापाले जानकारी दिनुभयो ।
सिन्धुली जिल्ला ३ वटा राजमार्गले छोएको जिल्ला हो । जसमा राजधानि काठमान्डौँ र भारतको ठुलो शहर पट्ना लगायत अन्य जिल्ला जानको लागि सहज भएकाले महिनामा लाखौँको संङ्ख्यामा पर्यटकहरु सिन्धुली जिल्ला भएर आवात जावत गर्ने गर्दछन् । सोहि पर्यटकलाई सिन्धुलीमा आकर्षित गराउनको लागि पौराग्लाडिंग मुख्य ब्यसाय हुने निर्देशक थापाले आशा ब्यक्त गर्नुभएको छ ।
सिन्धुलीमा पर्यटक भित्र्याउने मुख्य उदेश्य सहित कमलामाई नगरपालिकाको–४ वडाको च्याउकोट डाँडाँ जहाँ सोहि ठाउँमा उत्पति भएको शिद्धबाबा मन्दिर साथै वडाले बागमति प्रदेश सरकारको सहयोगमा करौडौँ खर्चिएर निर्माण गरिएको भ्यु–टाउर पनि छेउमै रहेकाले उक्त डाँडाँबाट उडानको लागि उपयुक्त रहेको उहाँको भनाई छ ।
सिन्धुलीको भ्याली अवलोकनको दृष्टिकोणले उपयुक्त रहेकाले पर्यटकहरुको मोह बढ्ने अपेक्षा सहित पौराग्लाडिंग सुरु गरीएको निर्देशक थापाले बताउनु भयो ।
२ करोड लागतमा २०८० जेठ १ गते बाट ब्यबसायिक रुपमा पाराग्लाईडिङ सुरु गरिने तयारी भइरहेको उहाँले बताउनु भयो । ब्यबसायिक रुपमा बागमती प्रदेशमा नै पहिलो पटक पाराग्लाईडिङ् सन्चालन गरिने भएकाले मौसमको अनुकुलता अनुसार ५० वटा उडान गरिने लक्ष्य रहेको निर्देशक थापाको भनाई छ ।
