नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा बहराइनले यूएईले ११७ रनको लक्ष्य पाएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले खराब प्रदर्शन गर्दै ४०.५ ओभरमा सबै विकेटको क्षतिमा ११६ रनको सानो लक्ष्य पाएको हो ।
बहराइनका लागि कप्तान हैदर बट र अली दावदले समान २३(२३ रन बनाए । त्यस्तै, मोहम्मद युनिसले १६, इम्रान अनवरले १४, वासिक अहमदले १२ र अब्दुल माजिदले ११ रन बनाए ।
बलिङतर्फ यूएईका आयन अफ्जल खानले चार, रोहन मुस्तफा र कार्थिक मैयाप्पनले समान २–२ विकेट लिए ।
समूह ‘बी’ को यो खेलमा जुन टिमले जित्नेछ त्यही टिम सेमिफाइनलमा पुग्नेछ । समूह ‘बी’ दोस्रो स्थानमा रहेको यूएईको तीन खेलमा चार अंक छ । तीन खेलबाट तीन अंक नै रहेको बहराइन चौथो स्थानमा छ । यो समूहको अन्तिम खेलमा हङकङ र कुवेतबीच प्रतिस्पर्धा भोलि हुँदैछ । यी दुई टिमको विजेता सेमिफाइनलमा पुग्नेछ ।
