गण्डकीमा सरकार गठनका लागि आह्वान

१२ बैशाख २०८०, मंगलवार १४:५०

 

काठमाडौँ । गण्डकी प्रदेशमा अझै सरकार गठन हुन सकेको छैन् । सरकार गठनका लागि आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आह्वान गरेका छन् । यसका लागि उनले तीन दिनको समय दिएका छन् । मुख्य मन्त्री खगराज अधिकारीले ९ वैशामा विश्वासको मत पाउन नसकेपछि आज प्रदेश प्रमुख गुरुले नयाँ सरकार गठनका लागि वैसाख १४ सम्मको लागि समय दिएका छन् ।

प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । उक्त आह्वानअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्नसक्ने व्यक्तिले मुख्यमन्त्रीमा दाबी गर्न सक्नेछन् ।