चितवन-२ मा रवि लामिछाने निर्वाचित

१२ बैशाख २०८०, मंगलवार १३:१२

 

काठमाडौँ । चितवन(२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजयी भएका छन् । लामिछाने करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी भएका हुन् । उनले ५४ हजार १७६ मत प्राप्त गरेका छन् ।

यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । चितवन(२ मा कुल ७८ हजार २७७ मत खसेको थियो ।

गत मंसिर ४ मा भएको निर्वाचनमा ८४ हजार ३१५ मत खस्दा रवि लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए । पहिलेभन्दा खसेको मत कम भएपनि यसपटक लामिछानेले भने पहिलेभन्दा ४ हजार ९१२ मत बढाएका छन् ।