उपनिर्वाचन अपडेटः तनहुँ १ मा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

१० बैशाख २०८०, आईतवार १८:२९

 

काठमाडौँ- तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ५२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी आएको छ ।

प्रारम्भिक रुपमा ५० देखि ५२ प्रतिशत मत खसेको आंकलन गरिएको र ठ्याक्कै तथ्यांक केहीबेरमा आउने उनले बताए ।

गत मंसिरमा भएको निर्वाचनमा ५४ प्रतिशत मत खसेको थियो ।