उपनिर्वाचन अपडेटः चितवन २ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

१० बैशाख २०८०, आईतवार १८:१५

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ को उपचुनावमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएकाे छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत मत खसेको हाे ।

आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन भएको थियो । यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए ।