
काठमाडौं । चितवनको भतरपुर महानगरपालिका–११ स्थित नयाँ किरण कमलकुसुम विद्यालयको मतदान केन्द्रमा स्थगित भएको मतदान सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका नेता मतदानस्थलमा पुग्ने क्रममा आचारसंसहिता उल्लंघन गरेको भन्दै विवाद भएपछि मतदान रोकिएको थियो ।
सर्वपक्षीय बैठकबाट रास्वपाले क्षमयाचना गर्नेसहित चार बुँदे सहमतिपछि मतदान फेरि सुरु भएको हो ।
