उपनिर्वाचन अपडेट : कस्को कति मत ?

१० बैशाख २०८०, आईतवार १५:२३

उपनिर्वाचन भईरहेका तीन निर्वाचन क्षेत्र मध्ये तनहुँ –१ मा दिउँसो २ बजेसम्म ४५ प्रतिशत मतदान सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार तनहुँ –१ मा अहिले शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ ।

विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

तनहुँ –१ मा नेपाली कांग्रेसको तर्फबाट गोविन्द भट्टराई एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका स्वर्णिम वाग्ले उम्मेदवार रहेका छन् ।