मौन अवधिको वेला मत मागेपछी स्पष्टीकरण

१० बैशाख २०८०, आईतवार १२:५७

निर्वाचन आयोगले तनहुँ क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

मौन अवधिमा मोबाइलको माध्यमबाट मत मागेको पाइएपछि उनलाई स्पष्टीकरण सोधिएको हो ।

वैशाख ७ गते राति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि शुरू भइसकेका बेला निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी मोबाइल नम्बर ९८८०२९८८०२ बाट भ्वाइस मेसेजमार्फत मत मागेको सूचना प्राप्त भएको भन्दै तनहुँ जिल्ला आचारसंहिता अनुगमन समितिले स्पष्टीकरण सोधेको हो ।

‘आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नुभएको हो, होइन ?’ मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैं वा प्रतिनिधिमार्फत उपस्थित भई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।