
शान्तिपूर्ण मतदान भइरहेको वेला भङ्ग गर्न खोज्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको देउतल गाउँपालिका – ७ पिपलपातीमा आइतबार बिहानैदेखि सुरु भएको उपनिर्वाचनको शान्तिपूर्ण वातावरण भङ्ग गर्न खोजेको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
बाराको देउतल गाउँपालिका – ७‚ पिपलपातीमा भइरहेको मतदानमा अवरोध पुर्याउन खोजेको भन्दै रौतहटका ३ जना र बारा पर्सौनीका १ जना गरी जम्मा ४ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला निर्वाचन कार्यालय प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।
