
गलत ढोकामा घन्टी बजाउँदा । अर्कै बाटोमा जाँदा । गलत कार नजिक पुग्दा । छिमेकीको घरमा खसेको बल लिन जाँदा ।
विगत एक सातामा यी साना गल्ती गर्दा पनि अमेरिकीहरू गोली खाएर मर्नुपरेको छ ।
सामूहिक गोलीकाण्ड भन्दा पनि यी स साना दैनीक घटनाले अमेरिकालाई हल्लाउने गरेको छ । अमेरिकामा बन्दूकसँग सम्बन्धित हिंसा कति व्यापक छ भन्ने कुराको तस्वीर यी घटनाले प्रस्तुत गर्छन् ।
अमेरिकामा औसतमा ५० जना बन्दुकको गोली लागेर मर्ने गरेका छन् । यो गैरआत्महत्याको आँकडा हो । अनि दिनको औसत १०० जना गोलीका कारण घाइते हुने गरेका छन् ।
वास्तवमा सामूहिक गोलीकाण्ड त समग्रतामा हेर्दा हिंसाको सानो अंश मात्र हो । गोलीकाण्डले धेरैको ध्यान खिच्ने गर्छ तर कुल मृत्यु तथा चोटपटकको ६ प्रतिशत भाग मात्र त्यसले समेट्छ ।
अप्रिल १३ मा मिसुरीमा राल्फ यार्ल नामक १६ वर्षीय काला किशोरले झुक्केर एक गोरा पुरुषको घरको घन्टी बजाउँदा गोली लागी घाइते हुनुपरेको थियो ।
अनि केलिन गिलिस नामक २० वर्षीया महिला आफ्ना साथीसँग न्युयोर्कको सडकमा झुक्केर पुग्दा एकजना घरमालिकले गोली लागेर मृत्यु भएकी थिइन् ।
अनि अप्रिल १८ मा टेक्ससमा हाईस्कूलका दुईजना चीयरलीडरहरूले पार्किङ लटमा गलत कार नजिक पुग्दा कारबाट एकजना पुरुष निस्केर गोली चलाएका थिए । घटनामा एक चीयरलीडर गम्भीर घाइते भइन् ।
अनि नर्थ क्यारोलाइनामा अप्रिल १८ मा ६ वर्षीया एक बालिका र उनका पिताको बास्केटबल छिमेकीको घरमा पुगेपछि लिन जाँदा छिमेकीले गोली हानेका थिए । त्यो गोली ठोकिएर बालिकाको गालामा लागेको थियो ।
यी त पत्रिकाको हेडलाइन बनेका केही घटना मात्र हुन् । दिनदिनै यस्ता घटनाहरू भइरहेका छन् ।
